२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरवाट झन्डै ९९ हजार रकमसहित १३ जुवाडे पक्राउ


तुलसीपुर, असोज १० । दाङको तुलसीपुरवाट झन्डै ९९ हजार रकमसहति १३ जुवाडे पक्राउ परेका छन् । शनिवार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरिएको र उनीहरुको साथवाट ९८ हजार ९ सय ५० रुपैंया नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर ६ का २८ बर्षीय रोषण बुढाथोकी, ४३ बर्षे भरत विक, २८ बर्षे हेमन्त शाही, २८ बर्षे सुशिल वली, ४२ बर्षे कुमार सुनार, ३३ बर्षीय ओमबहादुर बुढा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

त्यस्तै तुलसीपुर वडा नं. ७ का ३६ बर्षीय प्रेमबहादुर सुनार, वडा नं. ८ का ३९ बर्षे टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३३ बर्षीय मालबहादुर वली, घोराही १० का २८ बर्षीय केशव डाँगी, घोराही ११ का २६ बर्षीय अर्जुन पुन, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १० का ६० बर्षीय धर्मराज बुढाथोकी र सोही ठाउँका ४० बर्षीय दिपक वली रहेको डिएसपी सिंहले बताए ।

उनीहरुको साथवाट खेलको तास तीन गड्डी र नखेलेको थप ५ गड्डी तास समेत बरामद भएको डिएसपी सिंहले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरेर कारवाही हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *