२०८१ चैत्र ६ गते बुधवार

नेपालमा थप १ हजार १ सय ७२ कोरोना संक्रमित थपिए

१८ सय ९३ डिस्चार्ज,७ जनाको मृत्यु

काठमाडौं,असोज ७ । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ।

त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ।

मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको ७३ दशमलव ७ प्रतिशत हो ।

यो सँगै बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ४९७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ४४ हजार ४४७ पुगेको छ ।

अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ हजार २२८ पुगेको छ। अहिले क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।

 

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *