दाङ,असोज ४ । नेपालगंजमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।नेपालगगंज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ बर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालको भेन्टिलेटरमा रखेर उपचाररत उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको श्रेष्ठले बताए । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई भदौ २१ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
उनलाई शनिवार बेलुका साढे ५ बजेदेखि भेन्टिलेटर समेतको प्रयोग गरि उपचार थालिएको र त्यही क्रममा उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए । बाँकेमा कोरोना संक्रमनवाट हालसम्म १० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार