२०८१ चैत्र ६ गते बुधवार

नेपालले किनेका रेलहरु जनकपुरमा आइपुगे


जनकपुर, असोज २ । नेपालले किनेको दूईवटा रेल शुक्रवार जनकपुर आइपुगेको छन ।
बिगत केही बर्ष अगाडिदेखि नेपालको एकमात्र रेल सेवा बन्द भएको थियो । त्यो पुनः संचालनका लागि दुईवटा रेल सरकारले खरिद गरेर ल्याएको हो ।

यो संगै अब फेरि कम्तिमापनि ६ वर्ष पछि जनकपुर–जयनगर रेल सेवा सुरु हुने निश्चित भएको छ । बन्द रहेको कुर्था–जनकपुरधामदेखि भारतको जयनगरसम्म रेल सेवा छिट्टै सुरु हुने अपेक्षा गरिएको छ । शुक्रवार ल्याइएका रेलहरु नेपालको राष्ट्रिय झण्डा अंकित रंगहरूको संयोजनमा रहेका छन् ।सेल १ हजार ३०० सिट क्षमताका छन् । नेपालले खरिद गरेका रेलहरु लगभग मेट्रो ट्रेनसंग मिल्दो जुल्दो रहेका छन् ।

यो रेल प्रतिघन्टा १ सय १० किलोमिटरको गतिमा दौडिन सक्ने बताइएको छ । भ्याटबाहेक ८५ करोड रुपैंयामा रेल किनिएकाजानकारी दिइएको छ । यो रेल भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीले निर्माण गरेको हो ।रेल सेवा वन्द भएको झन्डै ६ बर्षपछि नेपालका आफ्नै रेलहरु जनकपुर आइपुग्दा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *