२०८३ असार ६ गते शनिवार

कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनले दिँदैन : मन्त्री ज्ञवाली

रुपन्देही,असोज २ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताएका छन ।

प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताए । उनले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताए ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी परिमार्जनसहित पारित हुने बताए ।

प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डलको पुनर्गठन कार्य मूल्याङ्कनको आधारमा हुने भन्दै प्रधानमन्त्रीलाई सफल र सजह हुने किसिमले मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *