पांच सय रुप्पेमा पिसिआर परीक्षण
खेमराज रिजाल
यसपटकको डायरीमा म आफै पात्र हुं, किनकि मलाइ लेख्न मन लाग्यो । मेरा सव्द कसैलाइ विझाउन सक्छन्, कसैलाइ रिझाउन सक्छन् । थाहा छ मैले कहांबाट प्रसंग उठाउंला?
प्युठान जिल्लाको गंगा मावि लुङ वाहनेमा दश कक्षा पढ्दैगर्दा मेरो मनस्थीति फेरीएको थियो, व्यवहार फेरीएको थियो । तात्कालिन राजा विरेन्द्रको तस्वीर कर्चिमा बोकेर फिडरस्कुलबाट लिडर स्कुलमा जन्मोत्सव मनाउन जाने म उनै राजाको एकदलिय तन्त्रको विरोधमा पनि त्यहि शाल हिंडे, किनकि वहुदलिय प्रजातन्त्रको लहडमा म पनि वरालिएको थिएं ।
वहुदल आयो, त्यसैवेला मैले एसएलसी पास पनि गरें । साइन्स पढ्न राजधानीको पाटन सुंयुक्त क्याम्पसमा । पाठकबेन्द, मैले तपाइहरुलाइ ढांट्न हुंदैन भन्ने थाहा छ । वहुदलपछि पहिलो चुनावमा मैले काठमाण्डौमा एकै दिन दुइ बुथमा मतदान गरेको थिएं ।
मेरो पहिलो मत थापाथली बुथमा थियो, त्यहां मैले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरलाइ, दोस्रो मत वानेश्वर बुथमा थियो, तात्कालिन एमाले युवा विद्यार्थि नेताको धम्किबीच पनि कृष्णप्रसाद भट्टराइलाइं …
तर हारे, किनकि कृष्ण प्रसाद भट्टराइलाइ चुनाव हराउने अरु कोहि थिएनन्, कांग्रेसकै नेता कार्यकर्ता लागेका थिए, त्यो चाक्सिवारीमा गणेशमानसिंहको डवलीमा पुगेपछि मात्र थाहा भयो, चुनावका दिन कांग्रेसका नेता मत दिन होइन म्यारीज खेल्न घरमै व्यस्त थिए…।
तपाइ पाठकलाइ मैले लेखेको पत्यार नलाग्न पनि सक्छ, तर मैले प्रयास गरीरहेको छु, तपाइ मेरो अभिव्यक्तिमा फरक मत राख्न सायद सक्नुहुने छैन ।
मेरा दाजु ऋषिकेश रिजाल निजामती कर्मचारी हुनुहुन्थ्यो, कर्मचारीले नेतृत्व गरेको एउटा आन्दोलनमा स्वर्गिय नेता मदन भण्डारीले लिडगरेका थिए । भोटाहिटिमा पत्रकार जमातसहित आन्दोलनमा जांदा पानीका फोहोराले म ढलेको थिएं ।
तपाइलाइ पानीका फोहरा भन्न चाहन्छु, तर मलाइ त्योवेला गोलिलागेकै अनुभुति भएको थियो, तर पछि चुत्रुक्क भिजेको शरीरमा कुनै घाउचोट थिएन ।
आहा कति भाग्यमानी पुस्ता साइन्स पढ्न गएको म आन्दोलनै आन्दोलनमा पिछलग्गु बनें । मलाइ डा वावुराम भट्टराइले नेतृत्व गरेको जनमोर्चाको याद छ । क्याम्पसबाट फर्कने क्रममा वावुराम भट्टराइलाइ विसं २०५२ शाल, महिना याद भएन, सिहदरवार प्रस्न पुलिसले रोकेको थियो, त्यसपछि जनमोर्चा भुमिगत भएर शशस्त्र आन्दोलन सुरु गरीसकेको थियो । पढाइसंगै मैले त्योवेला कान्तिपुरमा एउटा जागिर पनि पाएको थिएं, मासिक १२ सय । काम पत्रिका वितरक, समय विहानको डेढघण्टा…।
पत्रकार देखें, सम्पादक देर्खे, पत्रिका देखें, सवथोक देर्खे । मैले यो लेखिरहंदा तपाइलाइ विश्वास नलाग्न सक्छ, तात्कालिन माओवादीको ससस्त्र द्धन्दकावेला, मैले पत्रिकाको परीचयपत्र समेत लुकाउने अवस्था थियो, त्यसैले सकेसम्म परीचयपत्र बोक्दै नबोक्ने ।
मैले कान्तिपुरमा पत्रिका वितरकको जागिर छाडेर रिसेप्सनमा जागिर खांदा समाचार सम्पादन संपादकले होइन, शाहिसेनाको मेजरले गर्थे, तर शिर्षका मात्र हेर्थे, भाषा हेर्दैनथे, इमान्दार मेजर… ।
मेरो पुस्ता कति भाग्यमानी रहेछ, किनकि त्यसपछि लोपृय नेता मदनभण्डारी र जिवराज र्आश्रतको दुर्भटना पनि देखें(धेरैले हत्याकाण्ड भन्छन(, दरवार हत्याकाण्ड पनि देखे, जनताको वहुदलिय जनवाद पनि देर्खे, माओवादी शशस्त्र आन्दोलनको विट मारेर वाह्रबुंदे शान्तिसंझौता भएको पनि देखें, जनताको नासो जनतालाइनै फर्काउंछौं भन्ने राजाको अभिव्यक्ति पनि देखें ।
दिपक मनांगै पनि देखें, प्रेमचरी पनि देखें, महेश बस्नेत पनि देखें, अनि पार्टि फुटाउने वामदेव गौतमलाइ पनि देखें । सायद तपाइले पनि कहिकतै देख्नुभएकै होला । तपाइलाइ थाहा छ, माओवादी विद्रोह केकालागी भएको थियो, एक पछि अर्कोगरी नेकपा एमाले र नेपाली कांग्रेस फुटेको, मलाइ थाहाछ, त्यो कुर्चिकै लागि थियो । कुर्चिैपाएपछि फेरी पार्टि एक भए । अहिलेको अभ्यास त अव दुइटा पार्टि मात्रै हुने रे । कम्युनिष्ट र कांग्रेस ।
त्यति मात्र होइन, मैले विसं २०७२ शालमो महाभुकम्प पनि देर्खे, धरहरामा प्युठानकै एक प्रेमजोडिले अंकमालगर्दागर्दै धरहरा ढलेपछि देहत्याग गरेको । सायद प्युठानको लुङ गाविसको पिपलटारीका जोडिहरु थिए ती । अहिले नौवहिनि गाउपालिका बनेको छ ।
म कति भाग्यमानी महाभुकम्प मात्रै होइन विसं २०७१ को बाढि पनि देखेंं, जुनदिन म यहि पत्रिका गोरक्ष दैनिकमा जोडिइसकेको थिएं । तुलसीपुरबाट घोराही पत्रिका ल्याउन पनि सकिएको थिएन । सवै खोलामा आएको बाढिले दुइदिन घोराही—तुलसीपुर यातायात सेवा पनि बन्द गरेको थियो ।
मैले देखें संघियता, मैले देखें प्रदेश सरकार अनि स्थानिय सरकार । आहा कति भाग्यमानी म, तपाइले कति पत्याउनुभएको छ, कति सव्दमा राग व्यक्त गर्न पनि सक्नुहुन्छ, किनकि मलाइ त्यसमा सरोकार छैन । खासमा देख्न र लेख्न लायक दृश्य तल्लो प्याराग्राफमा लेख्दैछु, तपाइ तल्लो प्याराग्राफमा जान सक्नुहुन्छ?
हो मैले अहिले कोरोना भाइरसको कोभिड—१९ को संक्रमण देर्खे, कोभिड १९को संक्रमणले मान्छेले खान नपाएर ज्यान गुमाएको देखें, कतिलेत धेरै खाएर पेट फुट्न थालेको पनि देर्खे ।
२५ हजारमा पिसिआर परीक्षण सम्भव हुने भन्ने सरकारको अभिव्यक्ति पनि देर्खे, अनि २ हजारमा पनि शशुल्क परीक्षण भएको देखें, अनि स्थानिय सरकारका ठेकेदारहरुले पहुचका आधारमा स्वाव तानेर निशुल्क परीक्षण गराएको पनि देखें, विरामीलाइ दुइदिनसम्म कुराएर पनि स्वाव नतानेको पनि देखें, अनि नातागोतालाइ बोलाइबोलाइ स्वाव तान्ने शिविरमा उपस्थीत गराएको पनि देखें, आहा कस्तो खेल? स्वाव परीक्षण गरेर कोरोना सन्चो हुने हो र?
मैले देखें वेलझुण्डिका कोरोना संक्रमितलाइ खाना खुवाएको, लमहीको रातोडाडामा आइशोलेशनमा बस्नेहरुले एक बोतल पानी पनि नपाएको तथा धेरै क्वारेन्टाइनमा आन्दोलननै भएको, अनि आइशोलेशन अस्पतालले विरामीलाइ खाना खुवाउने संस्थालाइ चालिस लाख रुपैया समम पनि उधारो राखेको । आहा कति भाग्यमानी म, अझै केको देख्नु छ । वायो वार कि राजनितिक वार?
विश्वस्वास्थ्य संगठनलाइ पनि मैले देखें, अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पनि देखें, कोरोना भाइरसबाट जोखिनकालागी नेपाली सेनाले ७ सय भन्दा बढि मुल्यमा एन ९५ मास्क खरीद गरेको पनि देर्खें, अहिले बजारमा देख्दैछु, ७० रुप्पेमा एन ९५ मास्क । सर्जिकल मास्क सित्तैमा चोकचोकमा पाइन्छ रे ।
मैले बुधवार राती सपना पनि देखें, रु ५ सयमा पिसिआर परीक्षण, किनकि विश्व राजनिति मेडिकल माफियाले चलाइरहेका छन्, नेपाल पनि त्यसमा अछुतो छैन ।
मैले त्यो पनि देख्नेछु, कोभिड—१९ को भ्याक्सीनकालागी पनि यहां शशस्त्र द्धन्दजस्तै हुने छ ।