२०८१ चैत्र ६ गते बुधवार

कुलोमा नुहाउँदै गरेका ३ बालबालिकाको करेन्ट लागेर मृत्यु

तुलसीपुर,भदौ ३० । दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० को उत्तर अम्राई गाउँका ३ वर्षीय अमृत चौधरी, ४ वर्षीया रेणुका चौधरी र ८ बर्षका प्रशान्त चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार घटना मंगलवार दिउँसो साढे १ बजेतिर घटेको हो ।

बच्चा बच्ची नुहाउन घर नजिकैको सिंचाई कुलोमा पसेको समयमा पानी तान्ने मोटरवाट करेन्ट लागेर उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । स्थानीय एक जनाले कुलोमा मोटर राखेर घरको रिजर्व ट्याङ्कीमा पानी भर्नका लागि कुलोमा मोटर जडान गरेका थिए । त्यही कुलोमा बच्चाहरु नुहाउन पसेका थिए । त्यही क्रममा मोटरका करेन्ट प्रवाह भएपछि कुलोमा नुहाउँदै गरेका तीन बालबालिकाको मृत्यु भएको डिएसपी खड्काले बताए ।

उत्तर अम्राई गाउँका एक जनाको मृत्यु भएको र मंगलवार चोखिने कार्यक्रम रहेको हुँदा कुलोवाट पानी तानेर रिजर्भ ट्याङ्मा लगाइएको थियो । त्यही क्रममा तारमा करेन्ट लिक भएर करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । ‘आवश्यक सावधानी नपनाउँदा तीन बालबालिकाको दुःखद मृत्यु भएको रहेछ,’ डिएसपी खड्काले भने ‘ घटना वारे थप अनुसन्धान भइरहेको छ ।’बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *