२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुरले बालदिवसका दिन भर्चुअल कार्यक्रम गर्ने

तुलसीपुर, भदौ २४ । तुलसीपुर उपमहानगरपालिकाले कोभिडको प्रभावका कारण यसपटकको बालदिवस भर्चुअल रुपमा मनाउने भएको छ । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भर्चुअल रुपमा विभिन्न प्रतियोगिताको आयोजना गरेर दिवस मनाउन लागेको हो ।

सरकारले यो वर्ष भदौ २९ गतेका दिन विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथमा बालदिवस मनाउन थालेको उपप्रमुख माया शर्माले जानकारी दिइन् । उनले माध्यमिक तहका विद्यार्थीहरुका लागि सामुदायिक र संस्थागत अन्तर्गत अलग अलग कार्यक्रम आयोजना गरिएको पनि जानकारी गराइन् ।

सामुदायिक विद्यालयका लागि निबन्ध र संस्थागत विद्यालयका लागि बतृत्वकला प्रतियोगिताको आयोजना गरिएको पनि उनको भनाई छ । धेरै भिडभाड नहोस् भन्नका लागि यस्तो खालको प्रतियोगिता गर्न लागेको उपप्रमुख शर्माले बताइन् ।

वक्तृत्वकलामा भाग लिने विद्यार्थीहरुले तुलसीपुर उपमहानगरपालिका वकतृत्वकला प्रतियोगिता फेसबुक पेजमा र निवन्ध प्रतियोगितामा भाग लिन चाहने [email protected] इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको महिला शाखा अधिकृत विष्णुकुमारी आचार्यले वताइन् ।प्रतियोगिताका पुरस्कृतहरुलाई दिवसको अवसर पारेर पुरस्कार वितरण गरिने छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *