तुलसीपुर, भदौ २४ । तुलसीपुर बजारका बढी भिडभाड हुने स्थानहरुमा सचेतना मुलक व्यानर टाँगिएको छ ।रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक्ट क्लव अफ तुलसीपुरले मिलेर ती व्यानरहरु टाँगेका हुन ।जसको नेतृत्व रोटरीका अध्यक्ष सुरेश हमाल र रोट्रयाक्टका अध्यक्ष प्रमिस लामिछानेले गरेका थिए ।
सर्वसाधारण नागरिकको बढी भिडभाड हुने सरकारी कार्यालयहरु कर कार्यालय, मालपोत कार्यालय, राप्ती प्रादेशिक अस्पताल, बाणिज्य बैंक, नेपाल टेलिकमको कार्यालय लगाएतका स्थानमा सचेतना मुलक व्यानर टाँगिएको रोटरी क्लवका महासचिव देबेन्द्रकेसीले फरककोणलाई बताए ।
कोरोना भाइरसको महामारीवाट बच्ने एउटा सबै भन्दा प्रभावकारी उपाय मास्क लगाउनु पनि हो । तर अधिकाँस मानिसहरुले त्यसमालापरवाही गर्ने गर्दा संक्रमनको त्रास बढेकोले सचेत तुल्याउन ‘तपाँईको मास्क खै?’ भनेर मानिसको ध्यान केन्द्रित गर्न खोजिएकोमहासचिव केसीले बताए ।
‘ हामी लापरवाही गर्छौं, कोही त्यस्ता भिडभाड युक्त ठाउँमा जाँदा चिउडोमा मास्क लाउँछौं, कोही नाडीमा,’ केसीले भने ‘कोही गफैगफमा मास्क निकालेर गफि रहेका हुन्छौं । त्यस्ता व्यक्तिलाई खवरदारी गर्न व्यानर सहयोगी बनोस भन्ने हाम्रो उदेश्य हो ।’
कोराना भाइरस आफन्त र चिनेजानेको साथी जो कोहीलाई पनि हुन सक्ने घर बाहिर निस्किदा र दोस्रो व्यक्ति सम्पर्कमा पुग्दा अनिवार्यरुपमा मास्क लगाएपछि मात्रै कोरोनाबाट बच्न सकिने महासचिव केसीले तर्क गरे।
‘अटेरी गर्नेहरु हुन वा लापरवाही गर्नेहरु,’ केसीले भने ‘ हाम्रो उदेश्य सबैलाई चेत तुल्याउन हो ।’ केसीले सबैको साझा प्रयासले मात्रैकोरोना भाइरसको महामारीवाट जोगिन सहज हुने निष्कर्षका साथ सचेतना व्यानर टाँगिएको जानकारी दिए ।
तस्विर – देवेद्र केसी ।