प्रेमबहादुर राम्जा,
हापुरे, भदौ २३ । कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्न मद्दत पुगोस भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ, प्रहरी चौकी हेमन्तापुर, इलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटलाई स्यानीटाइजर, मास्क, पिपिई, स्प्रे, थर्मल गण, ग्लोब्स लगाएतका सामाग्री सहयोग गरेको छ । सस्थाका सामाजिक परिचालक कल्पना खड्काले दिनरात खटिदै आएका प्रहरीका लागि ती सामग्री सहयोग गरेको जानकारी दिइन ।
सामाजिक परिचालक देबी पोखरेलले पछिल्लो समय प्रहरी संक्रमित हुने दर ह्वात्तै बढेको हुँदा उनीहरुलाई संक्रमनवाट जोगाउन सहयोग पुगोस भनेर ती सामाग्री विरतण गरिएको बताइन ।
संस्थाले केही दिनमा देउखुरी क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी सिसहनियालाई पनि ती सामाग्री उपलब्ध गराउने संस्थका बोर्ड सदस्य प्रेम जैसवालले बताए ।संस्थाले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको जैसवाललले बताए ।