
दाङ , भदौ २२ । तालमा डुवेर बेपत्ता युवाको शव २४ घन्टापछि फेला परेको छ । आइतवार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. ४भकारेमा निर्मित कमिरे ड्याममा स्थानीय २३ बर्षीय गोपाल विक डुवेर बेपत्ता भएका थिए ।
पौडी खेल्न भनि पसेका उनको शव सोमवार दिउँसो साढे २ बजेतिर फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी ंसुमित खड्कालेजानकारी दिए । खड्काका अनुसार नेपाल प्रहरीको टोलीले विकको शव फेला पारेको हो ।
आइतवार दिउँसो दूई बजेतिर पाँच जना साथीहरु पोखरीमा पौडिखेल्न भनि पसेको थिए । अन्य चारजना सकुशल रहेपनि विक भने डुवेरबेपत्ता भएका थिए ।
प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
