२०८१ माघ १२ गते शनिवार

भदौ १४ गते मध्य रातदेखि दाङमा एक हप्ता निषेधाज्ञा

तुलसीपुर, भदौ १२  भदौ १४ गते मध्य रातदेखि दाङमा एक हप्तासम्म निषेधज्ञा जारी गरिएको कोरोना संकट व्यवस्थापन समितिको शुक्रवार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्ला भर निषेधज्ञा जारी गर्ने निर्णय भएको प्रमुखजिल्ला अधिकारी गोविन्द रिजालले फरक कोणलाई जानकारी दिए

संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका  रिजालले आइतवार राति १२ बजेदेखि लागु हुने गरि निषेधज्ञा जारी गर्ने निर्णयभएको बताए

कोरोना भाइरसको संक्रमन समुदायमा थप फैलिन नपावस भन्नका लागि एक हप्ता निषेधज्ञा जारी गरेर व्यापक रुपमा पिसिआरपरीक्षण गर्ने निर्णय भएको ,’ रिजालले भने

दाङ कोरोना फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा हालसम्म ७४८ जना संक्रमित फेला परेका छन् हाल जिल्लामा ६९ जनासक्रिय संक्रमित रहेका छन् अन्य भने उपचार पछि घर फर्कि सकेका छन्

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *