२०८३ असार ७ गते आइतवार

खोलामा डुबेर २ बालिकाको मृत्यु


दाङ, असार ७ ।
सुर्खेतमा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १० पठान टोलका १५ बर्षीया सम्झना थापा र १३ बर्षीया कल्पना रावतको शनिबार बेलुकी टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
शनिबार बेलुकी साढे ६ बजेतिर पौडेखेल्ने क्रममा उनीहरु खोलामा डुबेर बेपत्ता भएका थिए ।
पौने ८ बजेतिर दुबै बालिकालाई अचेत अवस्थामा उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसअघि शनिबार दिउँसो मध्यान्ह १२ बजेतिर अर्का एक किशोरको पनि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
दैलेखको गुँरास गाउँपालिकाका घर घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर – ६ स्थित एक ग्रिल उधोगमा काम गर्ने १८ बर्षीय रमेश पुन मगरको पनि पौडी खेल्ने क्रममा डुबरे मृत्यु भएको थियो ।
मगरको शबपनि बेलुकी पौने ६ बजेतिर फेला परेको थियो । शव पोष्टमार्टमाका लागि प्रथामिक स्वास्थ्य केन्द्र सालकोट पठाइएको प्रहरीले जनाएको छ ।
मगर साथीहरु संग पन्चपुरी नगरपालिका – ८ स्थित दहतालमा घुम्न गएको समयमा पौडी खेल्ने क्रममा डुबेर बेत्तपा भएका थिए ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *