सल्यान, कार्तिक १९ ।जिल्ला मालपोत कार्यालय सल्यानमा अनलाईन सेवा सुरु भएपनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । इन्टरनेट प्रभावकारी नुहँदा तीन दिनसम्म कुर्दापनि काम नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।
यहाँको मालपोत कार्यालयमा साउन १६ गतेदेखि अनलाइन सेवा सुरु भएको हो । तर त्यो सेवा प्रभावकारी नवन्दा मंगलबार कार्यालयमा सेवाग्राहीको घुईचो नै लागेको थियो ।
कपुरकोट गाउँपालिका वडा नं. ४ गाँडापानीकी पवित्रा बुढाथोकीले तीन दिन जाँदापनि जग्गा पास गर्न नसकेको जानकारी दिइन ।
‘कर्मचारीले ईन्टरनेटले काम गरेन भन्छन्,हामी तीन दिन धाउँदा समेत जग्गा पास गर्न सकेनौं,’ बुढाथोकीले भनिन् ।
दार्मा गाउँपालिका १ बाट मालपोत कार्यालय पुगेका अर्जुन विकले पनि दुई दिन वितिसक्दा जग्गा नामसारी गर्न नसकेको बताए ।
प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार