२०८१ साउन ९ गते बुधवार

एन प्याव्सन तुलसीपुरको अध्यक्षमा न्यौपाने चयन 


विमल गौतम,
तुलसीपुर, कार्तिक ७ । एन प्याव्सन दाङको उपमहानगरपालिका स्तरिय समिति गठन गरिएको छ । उपमहानगरपालिका स्तरिय भेलाले तुलसिपुर उपमहानगरपालिकाको अध्यक्षमा भोजराज न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । यस अघि जिल्ला उपाध्यक्ष रहेका न्यौपानेलाई भेलाले नगरकमिटिको अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लोकेन्द्र वहादुर खडका, सचिवमा मेघराज पोख्रेल, र कोषाध्यक्षमा भुवन वलि लाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा भागवत भट्टराई , मीन कुमार आचार्य र रोमहर्ष शर्मा लाई चयन गरेको छ । २ सदस्य पछि थप गर्नेछ ।

त्यस्तै घोराहि उपमहानगरपालिकाको संयोजकमा नरेश कुमार आचार्य र उप संयोजकमा कुमार नेपालीलाई चयन गरेको छ । प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता प्रदेश नम्वर ५ का संयोजक सुवोध कुमार डाँगीको प्रमुख आतित्थ्यता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको विशिष्ट आतित्थ्यतामा भएको भेलामा वोल्ने बक्ताहरुले सरकारले पर्याप्त तयारी विना नै निजि विद्यालयहरुलाई सामाजिक सुरक्षाकोषमा जान निर्देशन दिएको भन्दै त्यसलाई एन एन प्याव्सनले नमान्ने वताएका थिए । सो अवसरमा वोल्दै प्रदेश नम्वर ५ का संयोजक डागिले सरकारले सरोकारवाला निकाय संग छलफल र सहमति नगरि एक्लौटि ढंगले सामाजिक सुरक्षा कोषमा निजि विद्यालयलाई जान वाध्य पारिरहेको भन्दै त्यसलाई एन प्याव्सनले नमान्ने वताए ।

साथै डाँगीले राज्यले निजि विद्यालयहरुलाई निस्तेज पार्न खोजिरहेको भन्दै त्यसका विरुद्दमा सवै लाग्नु पर्नेमा जोड दिए । साथै डागिले स्थानिय पालिकाहरुमा समेत अब चाडैं नै शिक्षा एन वन्ने भएको हुदा त्यसका लागि समेत तयार रहन उनले आग्रह गरे । त्यस्तै गरि वर्तमान समय निजि विद्यालयकाका लागि प्रतिकुल रहेको भन्दै समस्या संग जुध्न सक्ने व्यक्ति नेत्रृत्वमा आउन आग्रह गरे।

त्यस्तै विशिष्ट अतिथि शर्माले निजि विद्यालयको संरक्षण र सम्वर्दनका लागि एन प्याव्सनले धेरै काम गरेको दावि गरे । संगठनकै कारण धेरै समस्याको समाधान भएको वताए । साथै शर्माले निजि विद्यालयहरुका लागि वर्तमान समय प्रतिकुल रहेको भन्दै समस्या संग जुध्नका लागि तयार रहन आग्रह गरे । सो अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने , घोराहि संयोजक नरेश कुमार आचार्य लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *