२०८१ चैत्र ९ गते शनिवार

प्रणय दिवस

गीतकार तथा साहित्यकार : प्रबल बिष्ट

प्रिय —–?
अह म सक्तिन त्यो दिन कुर्न,
र पर्याप्त पनि छैन मेरा लागि
पात्रोमा कैद गरिएको त्यो एक दिन
अर्थात् प्रेम दिवस ।

म चाहन्न कि तिमिलाइ प्रेम गर्न मैले पूरै बर्ष कुर्नु परोस् ।
प्रेम त त्यो हो, मेरो नजरमा जहाँ थोरै तडपाइ होस्
अनि थोरै गुनासो फकाउनु परोस् बरु प्रेमले अनि पो प्रेम ।
सधै प्रेमको आभास दिलाउने यो पनि त एक तरिका होनी, होइन र ?
मुटु कसैका लागि धड्कियोस्
आँखाले अर्कैलाई खोजोस्
मुखले अर्कैसँग बोलोस्
यस्तो पनि के प्रेम ?
जो हिजोआज चल्तीको प्रेम बनेको छ ।
बजारमा चर्चा पाएका छन्
यस्तै बनावटी प्रेमले
तर मेरो प्रेम
अरुको भन्दा बिल्कुलै फरक छ
मुटु तिम्रै लागि धड्किन्छ
आँखाले तिमीलाई खोज्छ
अनि मुखले नि तिमीलाइ बोलाउन यी ओठहरु चलमलाउँछन् ।

त्यसैले त
मेरो नजरमा प्रेम त्यो होइन जुन प्रेम दिवस कुर्नु परोस्
प्रेम गर्नेहरु ऋृतु पर्खिदैन
न प्रेम त हरपल हुने गर्दछ
जुन प्रेम मैले तिमीलाइ गरिरहेको छु ।
तिमीलाइ थाहै छ,
आज फूलको हत्या हुने दिन हो
धेरैले प्रेम गर्ने दिन पनि भन्दैछन्
तर म सक्तिन्
कसैलाइ प्रेम दर्शाउन निर्दोष फूलको हत्या गर्न,
यदि तिमी पनि फूल दिनु र लिनुलाई प्रेम सम्झिन्छ्याँै भने
मलाई माफ गर म त्यस्तो प्रेम गर्न सक्तिन ।
किनकी फूललाई हाँगाबाट छुट्टाएर
चुडिएको फूलको सहाराले कसैसँग प्रेम गाँस्नुको के अर्थ ?
तिनी त फूलको मात्र होइन प्रेमका पनि हत्यारा हुन्
जसले प्रेम जोड्न आज हजाराँै फूलको हत्या गरिरहेका छन ।

तर म त चाहन्छु …
तिम्रो दिलमा सधै प्रेमका अनगिन्ती फूलहरु फुलाउन सकु
अनि तिमीलाई सधै फूल जस्तै मुस्कुराइरहेको देख्न सकु ।
अनि तिम्रो खुशीमा म आफ्नो खुशी भेट्न सकु ।

गीतकार तथा साहित्यकार : प्रबल बिष्ट 

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *