२०८१ माघ २६ गते शनिवार

नेपाली जनसम्पर्क समिति आयरल्यान्डले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने

पुष १३। नेपाली जनसम्पर्क समिति आयरल्यान्डले  नयाँ बर्ष २०१९ र ४३ औं राष्ट्रिय मेलमिलाप दिवस को अवसरमा यहि ७ जनवरी २०१९ सोमबारका  दिन आयरल्यान्डको डब्लिन स्थित टीचर्स क्लबमा  भेटघाट, शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न गैरहेको छ । कार्यक्रममा नेपाली दूताबास लन्डन लगायत  आयरल्यान्डमा  रहेका  नेपाली संघ संस्थाहरु र आयरल्यान्डबासी  सबै नेपालीहरु लाई उपस्थितिको लागि निमन्त्रणा गरिएको अधक्ष्य शुक्रराज न्यौपानेले बताए । साथै उक्त कार्यक्रम लाई संबोधन गर्न नेपाल तथा युरोपका कांग्रेस नेताहरुको उपस्थिती रहने जानकारी पनी अधक्ष्य न्यौपानेले दिए ।

मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई आयरल्यान्डमा  पनि निरन्तरता दिने गरी समितिले यस्तो कार्यक्रम गर्न लागेको हो। आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ८ वर्ष जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत निर्वासमा गएका थिए । भारत निर्वासित भएर बस्दा पटकपटक अपमानित हुनु परेको र भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्षका साथ विपीसहितका नेता नेपालमै बसेर राजासँगै हातेमालो गर्न सकिने भन्दै नेपाल फर्किएका थिए ।

नेपाल फर्किएर राजासँग हातेमालो गरे अघि बढ्ने भन्दै आएका उनीसहितका नेतालाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *