
दाङ, साउन २४ ।
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई पितृ शोक परेको छ । उनका पिता जर्ज मेसीको शुक्रबार राति निधन भएको हो ।
६८ बर्षीय जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
जर्ज लामो समयदेखि बिरामी थिए ।
जर्जको साथमा पत्नी सेलिया, छोरा –छोरी रोड्रिगो, माटियास र मारिया सोल साथमा थिए । अमेरिकामा भएको फिफा विश्वकपपछि लियोनल मेसीले केही सयम पिता संग समय बिताएका थिए ।
त्यसपछि उनी आफ्नो क्लब इन्टर मायामीमा फर्किएका थिए ।
पिता जर्ज बार्सिलोनामा मेसीको सुरुआती दिनदेखि नै करिअरको महत्वपूर्ण सहयोगी थिए । जस्ले लामो समय मेसीका प्रतिनिधिका रूपमा काम गरेका थिए। विश्वकपका क्रममा पनि मेसीले पिताको स्वास्थ्य अवस्थाका कारण भावनात्मक कठिनाइ भोगेको संकेत गरेका थिए ।
जर्जको पार्थिव शरीर आइतबार रोसारियोनजिकैको पेरेज सहरस्थित एल प्राडो निजी चिहानमा लगिने छ ।
