२०७७ मङ्सिर १२ गते शुक्रवार

काबुलमा आत्मघाती आक्रमण, चार सर्वसाधारणको मृत्यु

मङ्सिर  २५। अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको ए क समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा अन्य छ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी शहर काबुलमा भएको यस पछिल्लो रक्तपातपूर्ण घटनाको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएका छन् ।

पश्चिमी काबुलमा रहेको पाङ्गमान जिल्लामा रातभरको ड्युटीपछि फर्किरहेका सुरक्षा अधिकारीलक्षित यो आक्रमण भएको  बताइएको छ ।

आक्रमणकारीहरु हिँडेर आएका थिए वा कुनै सवारी साधनमा थिए भन्ने प्रष्ट नभएको दानिसले बताए । यद्यपी एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा सुरक्षा अधिकारीहरुको एक समूहलक्षित यस आक्रमणमा तालिबानले कार बम प्रयोग गरेको बताएका छन् ।

अफगान युद्धमा अमेरिकाआवद्ध नेटो सेनाले युद्ध सकिएको घोषणा गर्दै सन् २०१४ को डिसेम्बर ३१ यता प्रत्यक्ष सैनिक कारबाही स्थगित गरेको छ । तर यहीबीच तालिबान र इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले अफगान सुरक्षा अधिकारीमाथिको आक्रमण तिब्र बनाएका छन् ।

सन् २०१५ देखि हालसम्म ३० हजार अफगान सैनिक र प्रहरीहरु विभिन्न आक्रमणमा मारिएका राष्ट्रपति असरफ घानीले गत नोभेम्बरमा बताउनुभएको थियो । यो तथ्याङ्क विगत वर्षहरुको तुलनामा निकै बढी भएको अध्ययनहरुले देखाएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *