२०८० चैत्र १६ गते शुक्रवार

बस खस्दा १३ को मृत्यु

भारत, मङ्सिर २३। भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए ।

पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ । घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिए ।

“घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन्,” पाण्डेले भने । उनले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि बताए । घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ ।

चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ ।

एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको छ । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *