२०८१ पुष २९ गते सोमवार

सामसङको जे८ अब नेपाली बजारमा

सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटी सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड इन्पिmनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ । जे८मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे८ स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ ।

त्यसैले गर्दा जे८ बाट खिचिएको तस्वीर एकदमै दक्षव् यक्तिले खिचेको जस्तै देखिन्छ । लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफाएवं स्पष्ट फोटो लिन सक्छन् । व्याक ग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ । उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी च्याटओभर भिडियो जस्तो प्रभावशाली फिचर समाबेश गरिएको छ, जसको कारण प्रयोगकर्ताले भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याटगर्न सक्नेछन् ।

ग्यालेक्सी जे८को नेपाली मूल्य केवल रु. ३३ हजार ४९० तोकिएको छ । यो फोन नेपालका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ ।

ब्याकग्राउण्ड ब्रससेपको सुविधाबाट प्रयोगकर्ताले फोटोलाई अझ चुस्त बनाउनुका साथै विभिन्न सेपमा बदल्न पनि सक्नेछन् ।

त्यस्तै प्रोट्रेट डोली फिचरको माध्यमबाट सिनेम्याटिक फोटोग्राफिको अनुभव मिल्नुका साथै, फोनको व्याकग्राउन्डमा जीआईएफ इमेज राख्न सकिन्छ । त्यस्तै प्रोट्रेट ब्याक ड्रप ले ब्याकग्राउन्डलाई जिबन्त एवं रमाइलो बनाइदिन्छ ।

नयाँ जे८फोनमा पोलिकार्वोनट युनिबडी तथा ६ इन्च एचडिप्लस डिस्प्लेले आकर्षक एवं सुन्दर तुल्याएको छ । साथै यो हातमा सहजै लिन सकिने खालको छ ।

यस क्यामराले जस्तो सुकै अवस्थामा, जहाँपनि आकर्षक सेल्फी खिच्न सकिन्छ । जे ८मा १६ मेगापिक्सलको रियर सुटरको साथ १.७ अपर्चर तथा ५ मेगापिक्सलको साथ १.९ अपर्चर क्यामरा रहेको छ ।

यसमा एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको छ । ४५० को स्न्यापड्रागन प्रोसेर राखिएको छ, जसले यसको कार्यक्षमतालाई अझ बढी चुस्त तुल्याएको छ । साथै यसमा ३५०० एम ए एचव्याट्रि रहेको छ ।

जे८ मा ४ प्लसप ६५ जीबी र्‍याम/रोममाउपलब्ध रहेको छ । मेमोरी कार्डको माध्यमबाट २५६ जिबिसम्म बढाउन सकिने छ ।

 

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *