असोज १४। नेपाल टेलिकमले आउँदो बुधबारदेखि देशका ५० सहरबाट फोरजी सेवा सुरु गर्न लागेको छ ।फोरजी सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ । यदि फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम अफिसमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।
टेलिकमका अनुसार बुधबारदेखि चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ। यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ। यस्तै धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ। तुलसीपुर, घोराही, नेपालगन्ज, कोहलपुर, भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला अत्तरिया र सुर्खेतमा फोर जी सेवा सञ्चालनमा आउनेछ।