२०८१ चैत्र १२ गते मङ्गलवार

सुनको मुल्य तोलाको एक लाख ६८ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ ,माघ २४ । सुनको भाउ आज एकैदिन एक हजार ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँ रहेको थियो । तीन दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *