२०८१ फाल्गुन ७ गते बुधवार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार ?


दाङ,माघ ११ । नेपाली बजारमा सुनको मूल्य एक हजार बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *