काठमाडौं,जेठ २२ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
सुन मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
