२०८३ जेष्ठ ३१ गते आइतवार

घोराहीमा काँग्रेसका वडा अध्यक्षले कार्यपालिका बैठक बहिस्कार गरे


दाङ, असार ८ । घोराहीमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले आइतवार उपमहानगरपमलिकाको कार्यपालिका बैठक बहिस्कार गरेका छन् । वडा अध्यक्षहरुमा वडा नं. ३ का अध्यक्ष माधव चौधरी, ५ का अध्यक्ष विष्णुमणी दाहाल, ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल) र १५ का अध्यक्ष रमेशकुमार पाण्डेले कार्यपालिकाको योजना छनोट बैठक बहिष्कार गरेका छन् ।

त्यसपूर्व वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले बैठकमा समय लिएर धारणा राखेका थिए । घोराहीका १९ वटा वडाहरु मध्य काँग्रेसले जम्मा ६ वटा वडाहरुमा मात्रै जितेको छ । उनीहरु सबैले योजना छनोट गर्नका बसेको बैठक बहिस्कार गरेका छन् ।

‘आँफुहरुलाई लत्याएर प्रक्रिया विपरित अँध्यारो कोठामा बसेर एकलौटी ढंगले ल्याएको योजनामा हामीले किन सही छाप गर्नुपर्ने,’बैठक बहिस्कार पछि वडा नं. १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मलले) प्रश्न गर्दै भने ‘ हामीलाई वाईपास गर्ने र आँफु निकटका मान्छेहरु मात्रै राखेर अँँध्यारो कोठामा तयार पारिका योजना हामीलाई स्वीकार्य हुनै सक्दैनन्।’

वडा अध्यक्ष डाँगीले हरेक वडालाई एक करोड दिने निर्णय गरिएको भएपनि मेयर र उपमेयरले आँफु निकटका वडा अध्यक्षलाई पछि भित्र भित्रै थप रकम सुटुक्क दिने गरेको आरोप पनि लगाए । गतसाल पनि त्यस्तै भएको उनको जिकिर थियो । ‘हामीले बबजेटको सिलिङ बढाउनु पर्छ भन्ने माग गर्दा किन बढाउनु पर्यो, नगरले गरेपनि वडाले गरेपनि विसका त उही हो भन्ने सवाल उठाउने तर काम भने आँफु खुसी गर्ने गलत कामको पनि हामी विरोध गर्न चाहान्छौं,’ डाँगीले भने ।

वडा अध्यक्ष डाँगीले वडा तहमा उपमेयर भलिवल प्रतियोगिता,मेयर रक्तसंचार कार्यक्रम, उपमेयर आमा सुरक्षा कार्यक्रम जस्ता व्यक्तिलाई महत्वमा राखेर ल्याउने योजनाहरु भन्दा नगर रक्त संचार कार्यक्रम, नगर आमा सुरक्षा कार्यक्रम, नगर भलिवल कार्यक्रम राख्नुपर्छ भन्ने आँफुहरुको अर्कौ माग रहेको बताए ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *