२०८३ असार ७ गते आइतवार

सल्यानमा सुधारिएको चुलो बनाउने तालिम सुरु


सल्यान, असार १ । सल्यानको कपुरकोटमा सुधारिएको चुलो बनाउने तालिम दिन सुरु गरिएको छ । आइतबारदेखि चारवटा वडाका २० जना महिलालाई पाँच दिने तालिम सुरु गरिएको छ । गाउँपालिकालाई नै धुँवामुक्त बनाउने उद्देश्यका साथ कपुरकोट गाउँपालिकाको आयोजनामा यस प्रकारको तालिम सुरु गरिएको जानकारी दिइएको छ । तालिममा वडा नम्बर १, २, ३ र ४ बाट पाँच÷पाँच जना सहभागी छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले धुवा कम निस्कने, दाउरा कम लाग्ने र खाना छिटो पाक्ने जस्ता फाईदा हुने भएकाले सुधारिएको चुलो सबैले प्रयोग गर्नुपर्ने बताइन ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर राना, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै सुधारिएको चुलोको महत्वबारे गाउँ गाउँमा बुझाउन आवश्यक रहेको बताएका थिए । ‘सफा भान्सा धुँवारहित चुलो, हाम्रो स्वास्थ्य सबैभन्दा ठूलो’ भन्ने अभियानका साथ सुरु भएको तालिममा भिमा बुढाथोकीले चुलो बनाउने प्रविधि सिकाइरहेकी छिन् ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *