२०८३ बैशाख १४ गते सोमवार

दाङकी रिजाललाई लङ्जम्पमा स्वर्ण पदक


दाङ, जेठ १४ ।
गोरखा बोर्डिङ स्कूल तुलसीपुरकी छात्रा करुणा रिजालले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । मंगलबार काठमाडौँमा भएको प्रतियोगितामा गोरखामा कक्षा ८ मा अध्यनरत रिजालले लङ्जम्पमा ४.४९ मिटर छलाङ मार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन । त्यस्तै उनले हाईजम्पमा पनि रजत पदक जित्न सफल भएकी छन् ।

उनले हाई जम्पमा १.३३ मिटर उचाई नाघेकी थिइन । जिल्ला, प्रदेश हुँदै केन्द्रमा समेत रिजालले उल्लेखित प्रतिस्पर्धामा पदक जितेकी हुन ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *