२०८३ जेष्ठ ३१ गते आइतवार

दंगीशरणमा सुरक्षित मातृत्व तथा नवजात शिशु रोडम्याप २०३० सम्बन्धि अभिमुखीकरण

प्रमोद आचार्य,दंगीशरण,असार २१ । दंगीशरण गाउंपालिकामा सुरक्षित मातृत्व तथा नवजात शिशु रोडम्याप २०३० सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल मृत्युदर र नवशिशु मृतुदर ,नेपाल सरकारले लिएको दिगो बिकास लक्ष्य अनुरुप २०३० सम्म कसरि कम गर्न सकिन्छ भन्ने कुरामा रोड्म्याप तय गर्नका लागि कार्यक्रमको आयोजना गरिएको गांउपालिकाका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

नेपालमा अहिले पनि वार्षिक १ लाख जनामा २३९ जना सुत्केरी आमाहरुको मृत्यु हुने गरेको र यसलाइ सन २०३० सम्म ७० मा झार्ने लक्ष्य नेपाल सरकारले लिएको उनले बताए ।

यसैगरि नवशिशु मृत्युदर अहिलेपनि १ लाखमा २१ जना नवशिशुहरुको मृत्यु भइरहेको छ भने यसलाइ २०३० सम्म १२ मा झार्ने नेपाल सरकारले आफ्नो लक्ष्य राखेको स्वास्थ्यचौकि हेकुलीका प्रमुख टेकबहादुर खत्रीले जानकारी दिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा गांउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काको बिशिस्ट आथित्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दे अध्यक्ष गिरीले आफु निर्बाचित भैसकेपछि पहिलो निर्णय गर्भवति महिलालाइ निशुल्क स्वास्थ्य जांच र निशुल्क ल्याब सेवा तथा दुई वटा बच्चासम्म जन्मिदा सरकारले दिदै आएको १८०० सय रुपैयाबाट बढाएर ५००० ९पाँच हजार० पुर्याइ आमा र बच्चालाइ पोषणयुक्त खानेकुरामा सहयोग पुर्याउने काम गरेको बताए ।

यस्तै वडा न। ७ का वडाध्यक्ष रेशम वलिले बालशिशु मृत्युुदर र मातृ मृत्युुदर घटाउन गर्भवती महिलाहरूलार्इ स्वास्थ्यशाखासम्म कसरी ल्याउने र नियमित स्वास्थ्य जांच गराउन वडाबाट पनि रोडम्याप तए गरि अगाडी बढ्नुपर्ने कुरामा जोड दिउ ।

गांउपालिकाका स्वास्थ्यशाखा प्रमुख दशरथ गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट प्रदिप योगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *