दाङ, जेठ ५ । स्थानीय तहको निर्वाचन अन्तरर्गत दाङका १० पालिका मध्ये हालसम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
यी मध्ये नेपाली कांग्रेसले जिल्लाका ५ पालिकामा अध्यक्ष÷उपाध्यक्ष सहित २ पालिकामा उपाध्यक्ष जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३ पालिकामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले एक वटा उपमहानगरपालिकाको प्रमुख र दुई वटा पालिकामा उपाध्यक्ष जितेको छ ।
जसअनुसार नेपाली कांग्रेसले बबई गाउँपालिका, शान्तिनगर, दंगीशरण, लमही र राजपुर गाउँपालिकामा प्रमुखमा विजयी भएको छ भने माओवादी केन्द्रले बंगलाचुली, गढवा र राप्तीमा विजयी हासील गरेको छ ।
त्यसैगरी नेकपा एमाले घोराही उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हात पारेको छ भने राप्ती गाउँपालिकामा उपाध्यक्षमा जित हात पारेको छ ।
यता तुलसीपुर उपमानगरपालिकामा भने मतगणना जारी छ । यहाँ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ ।
