
दाङ,भदौ १३ । शनिबार देशभर ८ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या ३७ हजार ३सय ४० पुगेको छ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ८ सय ८४ संक्रमित थपिएको जानकारी दिए ।
वितेको २४ घन्टामा १२ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट वितेको २४ घन्टामा १२ जनाको मृत्यु भएको भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारराजधानीमा मात्रै ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा २÷ २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलेजानकारी दिएको छ ।
त्यस्तै पर्सा जिल्लाका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका १÷ १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
