
दाङ,भदौ १८ । नेपाल प्रेस युनियन दाङले राजनीतिक पूर्वाग्रह राखेर कामवाट हटाएका तीन जना पत्रकारलाको पुर्नंबहादलीको मागगर्दै स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । यूनियनका जिल्ला अध्यक्ष सञ्तोष सुवेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन यूनियनका सल्लाहाकार तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, यूनियनका सल्लाहाकार तथा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष सुदीप गौतम, यूनियनकी केन्द्रीय सदस्य सूलोचना गौतम लगाएको पत्रकारहरु पुगेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले केन्द्रमा प्राप्त ज्ञापन पत्र जस्ताको त्यस्तै पठाउने आश्वासन दिएका थिए ।
हालसालै रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाइए पछि प्रेस युनियन आन्दोलित बनेको हो । उस्ले तत्काल हटाइएका पत्रकारहरुलाई पुनःबहाली गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने केन्द्रिय सर्कुलेसन अनुसार ज्ञापन पत्र बुझाइएको जिल्ला अध्यक्ष सुवेदीले जानकारी दिए ।
प्रेस युनियनले सरकारी सञ्चारमाध्यममा वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उस्ले यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग गर्दैै आएको छ ।
त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति यूनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
