दाङ, भदौ १० । नेपाल पत्रकार महासंघ दाङ शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्याका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगरवार आशा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्वास्थ्य सेवा सहज र शुलभ रुपमा पाउने जनताको मौलिक हकको संरक्षण गर्न प्रतिष्ठानका जिम्मेवार निकायलाई आग्रह गरेको छ । साथै, प्रतिष्ठानका समस्याका विषयमा आन्दोलनरत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले उठाएका जायज माग प्रति समर्थन जनाउँदै ती माग पूरा गर्न माग गरेको छ ।
पत्रकार महासंघ दाङ शाखाले प्रतिष्ठान समक्ष यसअघि सञ्चारकर्मीले विभिन्न शिर्षकमा सूचना माग गरेको तर प्रतिष्ठानले नदिएको भन्ने गुनासो आएको हुँदा सार्वजनिक निकायले सूचना दिनुपर्ने संवैधानिक तथा सुचनाको हक सम्बन्धि अधिकार अन्तर्गत सहजरुपमा सुचना उपल्ब्ध गराउन प्रतिष्ठान समक्ष आग्रह गरेको छ । त्यस्तै पत्रकार नविन अभिलासी रिपोटिङका लागि भदौ ६ गते दउँसो प्रतिष्ठानमा पुग्दा त्यहाँका सुरक्षा गार्ड बिरबहादुर चौधरीले दुव्र्यवहार गरेको घटनाको घोर भत्र्सना गर्दे दोषी माथि कारवाहीको मागपनि गरिएको बैठक पछि सचिव भूपेन्द्र वलीले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

