२०८३ जेष्ठ ३१ गते आइतवार

पत्रकार महासंघको प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने


घोराही, साउन २१ । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र महासंघ दाङ शाखाको संयोजनमा यही साउन २४ र २५ गते दाङमा पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको छ ।

पत्रकार महासंघ दाङ शाखाको सभाहलमा साउन २४ गते अपरान्हमा उद्घाटन हुने उक्त गोष्ठीमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, सचिव उदय जिएमलगायत प्रदेश नम्वर पाँचका पदाधिकारी, यस प्रदेशका सबै जिल्ला शाखाका अध्यक्ष, वरिष्ठ पत्रकार, जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

गोष्ठीमा बदलिदो पछिल्लो परिस्थितिमा नेपाल पत्रकार महासंघको भूमिका र अब महासंघलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने र दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *