
तुलसीपुर , साउन २५ ।
तुुलसीपुरस्थित राप्ती बबई क्याम्पसले सवारी दुर्घटनामा ज्यान गुमाएकी छात्रा शोकमा मंगलबार बिदा दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ११ कटाँहाकी २१ बर्षीया कल्पना केसीको साउन २१ गते तुलसीपुरमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।
क्याम्पस प्रमुख गणेश पार्धेले सोमबार एक बक्तब्य जारी गर्दै मंगलबार केसीको मृत्युको शोकमा बिदा दिइएको उल्लेख गरेका छन् । उनी क्याम्पसमा ब्यबस्थापन संकायको स्नातक तह दृतिय बर्षमा अध्यनरत थिइन ।
यो पनि पढ्नुहोस –
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
