२०८३ साउन १९ गते मङ्गलवार

ठूलो परिमानमा लागु औषधसहित मानिसहरु पक्राउ

दाङ , साउन १९ ।


बाँके प्रहरीले बितेको दुई दिनको अवधिमा ठूलो परिमानामा लागु औषध ब्राउन सुगरसहित चार जना युवालाई पक्राउ गरेको छ ।
सोमबार मात्रै प्रहरीले ५२६.२९० ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको हो । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका –४ न्यूरोड रणबहादुर केसीको घर खान तलासी गर्दा उक्त परिमानमा लागु औषध ब्राउन सुगर बरामद भएको हो ।


जिल्ला प्रबक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार ठूलो परिमानमा लागु औषधको कारोबार भइ रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सोही वडाका ३० बर्षीय सुशिल भण्डारी र नेपालगञ्ज – १० का ५५ बर्षीय अरुणकुमार जयसवाल ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले भण्डारी र जयसवाल दुई जनालाई खानतलासी गर्दा सुरुमा १३६ ग्राम ८५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको थियो ।


डिएसपी राठोरका अनुसार जयसवालको घर खान तलासी गर्दा दराज भित्र लुकाएर राखेको थप ३८९ ग्राम ४५ मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो । सबै गरि कुल ५२६.२९० ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
डिएसपी राठोरका अनुसार उनीहरुको साथबाट २ लाख १४ हजार भारतिय र १ लाख ८० हजार नेपाली गरि कुल ५ लाख २ हजार २ सय ४० रुपैंयाँपनि प्रहरीले बरामद गरेको थियो ।

त्यसअघि साउन १६ गते मात्रै बाँके प्रहरीले नेपालगञ्ज – ११ कटलियास्थित ३० बर्षीया सुरेश बर्मा र उनकी २४ बर्षीया श्रीमति अनिता बर्मालाई ३८ ग्राह ७५० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
बर्माको घरमा लागुऔषधको अबैध कारोबारो भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रितपूर्बक घरको खान तलासी गर्दा श्रीमान सुरेशको साथबाट ३७ ग्राम ५५० मिलीग्राम र श्रीमति अनिताको साथबाट १ ग्राम २०० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी राठोरले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *