
दाङ, साउन २४ ।
कपिलबस्तुका पूर्व मेयर ६५ बर्षीय किरण सिंह मृत फेला परेका छन् ।
उनी शुक्रबार दिउँसोदेखि हराइ रहेका थिए ।
जिल्लाका प्रहरी प्रमुख एसपी मनोहरप्रशाद भट्टले पूर्व मेयर सिंहको शब आइतबार दिउँसो १२ बजेपछि फेला परेको बताए । उनी कपिलबस्तु नगरपालिकामा यसअघि नेपाली काँग्रेसबाट निर्वाचित भइ पाँच बर्ष काम गरेका थिए ।
उनी उच्चरक्त चाप र दमका बिरामी थिए । उनको मोटरसाइकल जंगलमा फेला परेको थियो ।
प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
