२०८३ साउन २२ गते शुक्रवार

श्रीमति कल्पना मृत्युको २४ घन्टा भित्रै कतार बाट तुलसीपुर आइ पुगे मनोज


तुलसीपुर, साउन २२ ।


२१ बर्षीया श्रीमति कल्पना केसी डाँगीको सवारी दुर्घटनामा मृत्यु भएको २४ घन्टा भित्रै उनका श्रीमान ३२ बर्षीय मनोज डाँगी कतार बाट तुलसीपु आइपुगेका छन् ।बिहीबार दिउँसो राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर उपमहानगरपालिका – ६ स्थित गुम्ह्रा चोक र मदन आश्रित चोकको बीचमा सवारी दुर्घटनामा परि कल्पनाको मृत्यु भएको थियो ।


प्रहरीका अनुसार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजार बाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोक तर्फ गइ रहेको तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ गाडी (टिप्पर) र कल्पना सवार रा ४ प ७९४५ नम्बरको स्कुटी एकै दिशामा गइ रहेका थिए ।
त्यही क्रममा कल्पना सवार स्कुटीलाई दक्षिण बाट उत्तर बजार तर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर बाट सन्तुलन गुमाउँदै सडकमा लडेकी कल्पनालाई फोहर बोक्ने गाडीको पछाडिको चक्काले किचेको थियो । गम्भीर अवस्थाकी कल्पनालाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको भएपनि उपचारका क्रममा उनको दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो ।


यो खबर सार्वजनिक हुनासाथ कतरामा रहेका श्रीमान स्वदेश फर्किएका हुन । मनोज र कल्पनाका बीचमा गत मंसिर २१ गते मात्रै मागी बिहे भएको थियो । कल्पनाको माइती घर सल्यानको छत्रेश्वरी गाउँपालिका – १ माइती घर हो ।
बिहे पछि मनोज करिब दुई महिना घरमा बसेर रोजगारीको खोजीमा कतार उडेका थिए ।


बिहीबार दिउँसो श्रीमति कल्पनाको मृत्यु भएको २४ घन्टा भित्रै श्रीमान मनोज कतार बाट तुलसीपुर आइ पुगेका हुन ।
कतार बाट फर्किना साथ मनोज कल्पनाको शब राखिएको ठाउँमा पुगेका छन् ।
दोषी माथि कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै बिहीबार बेलुकी तुलसीपुरमा पीडित पक्षले पर्दशन गरेका थिए ।

कल्पनाको शबको पोष्टमार्टम हुन बाँकी छ । श्रीमान मनोजले मुद्दा दायर गरेपछि त्यो प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *