
दाङ, साउन २५ ।
बिहान २ बजे सवारी चेकजाँचका क्रममा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुको कपिलबस्तको कृष्णनगर नगरपालिका –५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्र्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप छन् ।
केही युवाले पेस्तोल देखाएर कृष्णनगर –८ बहादुरगन्जका स्थानीयलाई त्रास फैलाएको तथा डर धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो ।
इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहिया बाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
कपिलबस्तुका निमित्त प्रबक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए ।
विजयनगर गाउँपालिका – ४ जगदिशपुरबाट आइतबार बिहान २ बजेतिर उनीहरु पक्राउ परेको बताए । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार म्याद थपका लागि अदालतमा लैजाने तयारी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
