दाङ, साउन २५ ।
कालीकोटमा अटो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परि जिल्लाको महाबै गाउँपालिका– ५ गेलाका ३५ वर्षीय मंगल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते शाहीलाई उपचारका लागि जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सोही दुर्घटनामा परि महाबै –५ गेलाकी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र वडा नं. ६ की प्रतिमा आचार्य घाइते छन् ।
जिल्ला प्रमुख डिएसपी हिमबहादुर खत्रीले घाइतेलाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका लागि पठाइएको जानकारी दिए ।
सोमबार बिहान साढे नौं बजेतिर सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा मान्मतर्फ जाँदै गरेको क.प्र. ०२००१ ह ११९४ नम्बरको अटो ब्रेक फेल भइ सडकको पर्खालमा ठोक्किएको थियो । अटो ब्रेक फेल भइ सडकमै पल्टिएको थियो ।
अटो चालक स्थानीय ४७ बर्षीय कृष्णबहादुर मल्ल प्रहरी नियन्त्रणमा छन् ।
