तुलसीपुर , साउन १६ ।
तुलसीपुरमा स्कूल बस रोकी बिद्यार्थीलाई खुकुरी प्रहार गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको दंगीशरण गाउँपालिका – ५ नौबस्ताका १८ बर्षीय सुदिन गिरी पक्राउ परेको जिल्ला प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।
साउन १४ गते बिहान साढे १० बजेपछि तुलसीपुरस्थित ग्रेट अरणिको माविबाट बिद्यार्थी छोड्न गइ रहेको रा १ ख ४६१ नम्बरको बस तुलसीपुर – ८ गहतेखोलामा पुग्दा बसलाई रोकी भित्र प्रबेश गरि कक्षा ११ मा अध्यनरत नयन वलीलाई उल्टोम्ुखी चार पटक खुकुरी प्रहार गरेका थिए ।
तुलसीपुर – १ भमके तर्फ बिद्यार्थी छोड्न जाँदै गरेको उक्त बसलाई गिरी र उनका साथी जेनिस भन्ने ब्यक्तिले लु.प्र.२००१ प ७६४१ नम्बरको बसले बाटो छेकेर भित्र प्रबेश गरि वली माथि उल्टो मुखीबाट खुकुरी प्रहार गरि फरार भएका थिए ।
घटना प्रत्यक्ष देखेकी एक छात्रा आत्तिएर बेहोस बनेकी थिइन । आरोपी गिरी शुक्रबार बेलुकी ६ बजेतिर पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गिरी माथि आवश्यक अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्का जेनिस भन्ने किशोरको पनि खोजी भइ रहेको छ ।
ब्यक्तिगत रिसिबीका कारण वलीमाथि गिरीले आक्रमण गरेको हुन सक्ने प्रहरीले यसअघि नै बताएको थियो ।
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
