तुलसीपुर, जेठ २ । तुलसीपुर उद्योग बाणिज्य संघमा अध्यक्ष पदमा पराजित गठबन्धनका साझा उम्मेदवार ललितजंग शाहले आँफु र आफ्नो परिवारबाट निर्वाचनका क्रममा लगेको रकम फिर्ता गर्न आग्रह गरेका छन् ।
मंगलबार बेलुकी पख आफ्नो सामाजिक संजाल फेसबुक पेजमा स्ट्याटस लेख्दै अध्यक्ष पदका उम्मेदवार शाहले उद्योग बाणिज्य संघको निर्वाचनमा आफ्नो ठूलो धनराषी खर्च भएको स्पष्ट रुपमा आशय ब्यक्त गरेका छन् ।
शाहले गठबन्धनका नाममा आँफु र आफ्नो परिवारका सदस्यबाट पैंशा बुझेकाहरुलाई बुधबारसम्म त्यो पैंशा फिर्ता गर्न आग्रह गर्दै अन्यथा आँफुले पैंशा बुझ्नेहरुको लिष्ट सामाजिक संजाल मार्फत नै सार्वजनिक गरिदिने चेतावनीपनि दिएका छन् ।
तर, त्यो स्ट्याटस शाहको वालमा बुधवार बिहानदेखि भने हटाइएको छ । शाहले स्ट्याटस हटाइ सकेको हुँदा उनले चेतावनी दिएझैं उनी र उनको परिवारबाट पैंशा बुझेकाहरुको नाम लिष्ट सार्वजनिक गर्लान वा नगर्लान ? यो भने प्रतिक्षाको बिषय बनेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्षसमेत रहेका शाहले आँफैले बेलुकी पख लेखेको स्ट्याटस हटाइ सकेका छन् । तर, त्यो स्ट्याटस धेरैले स्क्रिनसट गरि राखेको हुँदा सामाजिक संजालहरुमा छ्यापछ्याप्ती छ ।
बैशाख २९ गते उद्योग बाणिज्य संघको नेतृत्व चुन्नका लागि निर्वाचन भएको थियो ।
त्यो निर्वाचनबाट बिनिल केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसले बाणिज्य संघका यसअघिका महासचिव बिनिल केसीको नेतृत्वमा टिम नै खडा गरि मैदानमा उतारेको थियो ।
काँग्रेसले बिनिललाई टिकट दिएपछि रुष्ट बनेका काँग्रेसकै शाहले बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु संग गठबन्धन गरि टिम मैदानमा उतारको थिए ।
अध्यक्षमा निर्वाचित बिनिल केसीले १५५० मत प्राप्त गर्दा पराजित ललितजंग शाहले १३४० मत प्राप्त गरेका थिए । बिनिलले ललितलाई २१० मतान्तरले पराजित गरेका थिए ।
निर्वाचनमा पराजय बेहोरेपछि शाहले थुप्रै स्ट्याटसहरु आफ्नो सामाजिक संजालहरुमा लेख्दै आएका छन् । उनले आगामी स्थानीय, प्रदेश र संघीय चुनाव लड्नेहरुको बाटो कुरेर बस्ने भन्दै अहिलेको हारलाई ब्याजसहित फिर्ता गर्ने उल्लेख गरेका छन् । शाहले लेखेका छन् ‘ मैदानमा भेटौंला ल।’
त्यस्तै अर्कौ एउटा स्ट्याटसमा दम भए खुलेर आउन चेतावनी दिएका छन् । उनले लेखेका छन् ‘ खुलेर गरेको दुस्मनी राम्रो ? लुकेर लायको माया राम्रो भन्छन् ? दम भय मैदानमा आउ महासयहरु म छाति खोलेर आएको छु ।’
चुनावी प्रतिष्पर्धामा उत्रिए पछि जित हार सामान्ने प्रक्रिया हो । तर, शाहले आँफु पराजित हुनुलाई केही स्ट्याटसहरुमा धोकाको संज्ञा दिएका छन् । लोकतन्त्रमा बिश्वास गर्नेहरु जित वा हारलाई सहज रुपमा स्वीकार गर्छन । तर, शाहमा त्यस्तो लोकतन्त्र प्रतिको बलियो विश्वास कमजोर देखिएको आलोचकहरु टिप्पनी गरेका छन् ।
आफुलाई वाघ सिंह जे सोंचेनि पाईयो तर कतै विरालो वनिएला ख्याल गर्नु