२०८३ साउन २२ गते शुक्रवार

तुलसीपुरमा कटाँहाकी २१ बर्षीया केसीको टिप्परको ठक्करबाट मृत्यु



तुलसीपुर , साउन २१ ।

तुलसीपुरमा बिहीबार दिउँसो भएको दुर्घटनामा परि एक जना महिलाको मृत्यु भएको छ ।
टिप्परको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका – ११ कटाँहाकी स्कुटी चालक २१ बर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।


राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर उपमहानगरपालिका – ६ गुम्ह्राचोक र मदन आस्रित चोकको बीचमा दिउँसो दुर्घटना भएको थियो । डिएसपी पराजुलीका अनुसार टिप्पर र केसी स्कुटीमा दक्षिण तर्फ आइ रहेका थिए भने बजार तर्फ एउटा मोटरसाइकल जाँदै थियो । त्यही क्रममा मोटरसाइकलले स्कुटीलाई ठक्कर दिएपछि केसी सन्तुल खलबलिएपछि टिप्परको मुनी पुगेकी थिइन ।
त्यसपछि टिप्परले किचेपछि उनी गम्भीर थिइन । तत्कालै गम्भीर घाइते केसीलाई नजिकैको प्रादेशिक अस्पताल पुर्‍याइ उपचार गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजार बाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोक तर्फ तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ गाडी (टिप्पर) र केसी सवार रा ४ प ७९४५ नम्बरको स्कुटी एकै दिशामा गइ रहेका थिए । त्यही क्रममा केसी सवार स्कुटीलाई दक्षिण बाट उत्तर बजार तर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घैटना बारे थप अनु्सन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *