२०८३ साउन २७ गते बुधवार

भेरी नदीमा जिप संगै खबेर बेपत्ता चालक र गाडी धनी को हुन ?


दाङ, साउन २७ ।

सल्यानस्थित भेरी नदीमा यात्रुबहाक जीप खस्दा बेपत्ता चालकसहित दुई जनाको पहिचान खुलेको छ ।
चालक जिल्लाको कुमाख गाउँपालिका – ५ का अन्दाजी २२/ २३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का १९/२० बर्षीय भिमबहादुर राना गाडी संगै नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए ।
प्रहरीले यसअघिको आफ्नो सूचना गल्ती भएको भन्दै सच्चाएको छ । प्रहरीले सुरुमा चालक दाङ निवासी रहेको जनाएको थियो भने बेपत्ता अर्का ब्यक्तिको नामपनि फरक दिएको थियो । तर, पछिल्लो समय डिएसपी पातलीले बेपत्ता ब्यक्ति गाडी धनीका छोरा रहेको भन्ने खुल्न आएको र उनका बुवा गाडीमा नरहेको तथ्य खुलेको बताए । प्रहरीले पहिलो सूचना सम्प्रेसनका क्रममा भएको गल्ती पछिल्लो समय सुधारेको हो ।

त्यो दुर्घटनाका थप दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकीले पौडीएर ज्यान जोगाउन सफल भएका हुन । उनीहरु दुवै जनाको सल्लीबजारस्थित ‘सल्ली सिटी अस्पताल’ मा प्रारम्भीक उपचार पछि एक्सरेका लागि सुर्खेतस्थित मेहलकुना अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे १ बजेतिर सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *