२०८३ साउन २७ गते बुधवार

भेरी नदीमा जीप खस्दा दाङका जिप चालक बिसीसहित २ जना बेपत्ता

२ जनाले पौडिएर ज्यान जोगाए

दाङ, साउन २७ ।


सल्यानस्थित भेरी नदीमा यात्रुबहाक जीप खस्दा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जीप चालक दाङका अन्दाजी २३ वर्षीय हेमराज बिसी र सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेका सल्लानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए ।
उनीहरुको खोजी कार्य जारी छ ।


थप दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएको डिएसपी पातलीले बताए ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकीले पौडीएर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना घाइते भएपनि खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको सल्यानस्थित सल्लीबजारस्थित ‘सल्ली सिटी अस्पताल’ नमा उपचार जारी छ ।

बुधबार दिउँसो साढे १ बजेतिर सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *