
तुलसीपुर, साउन २२ ।
तुलसीपुरमा एक युवा मोटरसाइकल दुर्घटनामा परि मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका २८ बर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकले च्यापेको अवस्थामा सडक किनारमा मृत अवस्थामा फेला परेका हुन ।
घटनास्थलबाट फर्किएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले केसीको आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको बताए ।
‘ घर नजिकै सडक किनारमा मोटरसाइकलले खुट्टा च्यापेको लडेको अवस्थामा अचेत फेला केसीलाई उद्धार पछि तुलसीपुर प्रादेशिक अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन,’ डिएसपी पराजुलीले भने ।
प्रहरीका अनुसार राति ११ बजेपछि केसी दुर्घटनामा परेको अनुमान छ । केसीले हेलमेट नलगाइ मोटरसाइकल हाँकेको पाइएको प्रहरीले जनाएको छ ।
केसीले चलाएको मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी बाइकसहित सडक किनारमा पल्टिएको अनुमान गरिएको डिएसपी पराजुलीले बताए ।
‘ हेलमेट नलगाइ बाइक कुदाउँदा गम्मीर दुर्घटना भएको देखियो ,’ उनले भने ‘ घर नजिकै भएपनि गाउँ घर छिट्टै सुत्ने हुँदा उनी दुर्घटनामा परेको घरका मानिस र छिमेकी कसैले थाहाँ पाउन नसकेको र बिहान मात्रै दूध बेच्ने आउने मानिसले देखेपछि प्रहरीलाई सूचना गरेका थिए ।’
मृतक केसी परिवारका एक्ला सन्तान हुन । उनी अटो चालक थिए । पेट्रोल सकिए पछि उनी पेट्रोल ल्याउन सुकौरा जान्छु भनेर भनेर घर बाट निस्किएको परिवारका सदस्यले बताएका छन् ।
त्यहाँ बाट फर्किने क्रममा घर नजिकै उनी दुर्घटनामा परेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनले मापसे गरेको हुन सक्ने हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
