२०८३ साउन २८ गते बिहिवार

थवाङमा पहिरोले २ जनाको मृत्यु, २ जना घाइते

दाङ, साउन २८ ।


रोल्पाको थवाङमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् ।

जिल्लाको थबाङ गाउँपालिका – ५ की १८ बर्षीया शान्ति पुन मगर र अन्दाजी ६० बर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ । उनीहरुको उद्धारको प्रयास जारी छ ।
सोही पहिरोका कारण २२ बर्षीय हिमाल पुन मगर र २५ बर्षीय संजय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरि अस्पताल पठाउने तयारी भइ रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति पौने ९ बजेतिर पहिरोले स्थानीय बोटलबाराका कमलबहादुर पुन मगरको घर लगायत ६ वटा घर गोठहरु माथिबाट झरेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
सूचना पाउना साथ इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो ।
प्रहरीका अनुसार त्यहाँ थप मानिसहरु समेत घाइते तथा पहिरोले पुरिएको हुन सक्ने हुँदा खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *