दाङ, भदौ २४ ।
रुकुमपश्चिम प्रहरीले झन्डै साढे २२ लाख जति ठगी गरेको भन्ने बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका – १ स्यालाखाँदी घर भइ आठबिसकोट – ९ स्थित राडिबजारमा बस्दै आएका ४२ बर्षीय जीवन बुढा पक्राउ परेका छन् ।
उनी मंगलबार दिउँसो राडिबजार बाट पक्राउ परेको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले बताए ।
एक जना ब्यक्तिलाई भाका अनुसार २२ लाख ४३ हजार बराबर रकम नदिए पछि पीडितले बुढाका बिरुद्ध मुद्दा दायर गरेका थिए । सोही आधारमा पछिल्लो समय प्रहरीले जिल्ला अदालत बाट पक्राउ पुर्जी लिएको थियो ।
त्यस्तै जिल्लाकै त्रिवेणी गाउँपालिका – १ का २९ बर्षीय समिर वलीलाई पनि प्रहरीले मंगलबार नै पक्राउ गरेको थियो ।
बाँके प्रहरीले जिल्ला अदालत बाँके बाट वली बिरुद्धको पक्राउ पुर्जी भदौ ७ गते लिएको थियो । त्यसउता उनी फरार थिए । खोजी गर्ने क्रममा उनी मंगलबार त्रिवेणी – २ स्थित सिम्रुत बजार बाट पक्राउ परेका थिए ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार वलीका बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंजमा लागु औषध सम्बन्धि मुद्दा रहेको हुँदा आवश्यक कारबाहीको लागि उनलाई बाँके पठाइएको छ ।
