दाङ, भदौ २१ ।
भदौ १० गते बिहानको बिनासकारी बाढीमा परि बेपत्ता तुलसीपुरका एक युवा अझैं फेला परेका छैनन् ।
त्रिशुली जलबिद्युत आयोजना ३ ‘बी’ जेसिबी चालक (अप्रेटिङ)को काम गर्दै आएका ३३ बर्षीय जनक शाह बिनाशकारी बाढी पछि बेपत्ता छन् । उनी कास्कि पोखराको ‘फेवा निर्माण सेवा’ मा २ बर्ष अघि जोडिएका थिए । सोही निर्माण सेवा संग जोडिएका हुँदा उनी झन्डै १५ महिना पहिले रसुवाको जलबिद्युत आयोजनामा पुगेका थिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ११ नवलपुरका बासिन्दा जनक बाढीमा परि बेपत्ता भएपछि घर परिवार तथा आफन्त चिन्तित छन् ।
जनका ६६ बर्षीय बुवा हरिबहादुर शाहले छोराको खोजी गर्न जानका लागि पैंशा नभएको भन्दै वडा कार्यालयमा निबेदन दिएपछि वडा कार्यालयले १५ हजार आर्थिक साहेता प्रदान गरेको थियो ।
भाइ जनकको खोजीका लागि उनका जेठा दाजु ३९ बर्षीय मोहन शाहले निरन्तर संभावित सबै ठाउँहरुमा खोजी गर्दै आएको भएपनि हालसम्म भाइ फेला पर्न नसकेको बताए ।
बाढीको ११ दिन बितिसक्दा पनि उनी फेला नपरेपछि अब भाइ जीवित छैनन् कि ? भन्ने सोच बन्न थालेको दाजु होमनले बताए ।
यद्यपी अझैं केही दिन जनकको खोजी गरिने शाह परिवारले जनाएको छ । बेपत्ता जनका अन्दाजी १२ बर्षका एक छोरा छन् । उनी चितवनस्थित मामाको घरमा बस्दै आएका छन् । बिगत ६ / ७ बर्ष अघि नै जनको श्रीमति अलग भएकी थिइन ।
