२०८३ भाद्र १८ गते बिहिवार

भदौ २३ गते जेनजी सहिद दिवसको सार्वजनिक बिदा दिने निर्णय

दाङ, भदौ १८।


सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकार प्रवक्ता सस्मित पोखरेलले भदौ २३ गते जेनजी सहिद दिवसको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरिएको थियो ।

यसका साथै सरकारले लगातार ५ दिन सरकारी बिदा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *